रेडियोकर्मी सारुमगरलाई ‘मौलिक कौराहा पत्रकारिता पुरस्कार’

पाेखरा | साउन १, २०८०

रेडियोकर्मी सारुमगरलाई ‘मौलिक कौराहा पत्रकारिता पुरस्कार’

पोखरा:    राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्धारा स्थापित ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८०’ बाट पत्रकार खेम सारुमगर पुरस्कृत भएका छन् । 

 

नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणको पक्षमा पत्रकारिता मार्फत उजार गरेको भन्दै रेडियो नेपालमा कार्यरत पत्रकार खेम सारुमगरलाई आज (आइतबार) पुरस्कृत गरेको हो । 

रेडियो नेपाल गण्डकी प्रदेश प्रादेशिक कार्यालयमा कार्यरत पत्रकार सारु मगरलाई गण्डकी प्रदेशका उपसभामुख बिना कुमारी थापामगरले सम्मानपत्र, दोसल्ला तथा नगद १० हजार पुरस्कारस्वरुप प्रदान गरिन् । 

 

सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेकी थापामगरले पहिचानको रुपमा रहेको कला संस्कृति, भाषा र भेषभुषाको संरक्षणको दायित्व सबैको रहेको बताइन् । 

 

‘अहिले हाम्रा पहिचानको रुपमा रहेको कला संस्कृति, भाषा  र भेषभुषाको संरक्षणमा सबैले चासो राख्नुपर्ने दायित्व रहेको छ’, उपसभामुख थापामगरले भनिन्, ‘विभिन्न समुदायमा बसोबास गर्ने विभिन्न जातजातिको संरक्षण र संस्कृतिको संरक्षणमा पत्रकारिताले थप सहयोग पुगेको छ ।’

 

उनले पत्रकारितामा इमान्दारिता र कर्तव्यमा रहेर यो पेशालाई थप जागरुक बनाउन आवश्यक रहेको धारणा राखिन् । 

 

यस्तै पुरस्कृत पत्रकार खेम सारुमगरले मगरहरुको कला संस्कृति र भेषभुषा संरक्षणमा थप जिम्मेवारी थपिएको बताउदै उत्प्रेरणा मिलेको बताए । 

 

‘रेडियो नेपालमा मगर भाषामा समाचार पढ्दै मगर समुदायको कला संस्कृति संरक्षणमा कलम चलाउँदै आएको छु’, पत्रकार सारुमगरले भने, ‘मौलिक कौराहा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएपछि म माथि अझै थप जिम्मेवारी थपिएको छ र उत्प्रेरणा पनि मिलेको छ ।’

 

नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष एमबी आस्था मगरको संयोजकत्वमा गठन गरिएको समितिले पत्रकार सारुमगरलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।  
श्र

 

व्यदृश्य माध्यमबाट मौलिक कौराहा संरक्षणमा योगदान पुर्‍याउँदै आएका पत्रकारहरुलाई पुरस्कार प्रदान गर्दै आएको राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका केन्द्रिय अध्यक्ष हर्क आलेमगरले बताए ।

 

उनका अनुसार मौलिक कौराहा पत्रकारिता पुरस्कार स्थापना २०७५ मा गरिएको हो । 

 

यस अघि उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणमा कलम चलाउँदै आएका पत्रकारहरु कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहुँ), मान बहादुर घर्ति (एमबी आस्था) मगर (कास्की), मनोज घर्ति मगर (कास्की ) पुरस्कृत भइरसकेका छन् । 


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्